काठमाडौँ । सानिमा बैंकले इ-कम भिसा कार्ड प्रयोगकर्ताहरुका लागि अनलाइन मार्फत कार्डमा टप-अप गर्न मिल्ने सुबिधाको सुरुवात गरेको छ ।
इ-कम भिसा कार्ड प्रयोगकर्ताहरुले अब आफूलाई पायक पर्ने जुनसुकै समय र स्थानबाट सानिमा युएसडी इ-कम भिसा कार्डमा टप-अप गर्न सक्नेछन् । ग्राहकहरुले सानिमा सजिलो ई-बैंकिङ एप वा बैंकको आधिकारिक वेबसाइटमा अनलाइन सर्भिसेस अन्तर्गतको कार्ड सर्भिसबाट (इ-कम अनलाइन पेमेन्ट) मा आफ्नो विवरणहरु राखेर टप-अप गर्न सक्नेछन् ।
ग्राहकहरुले बैंक खातामा रजिस्टर भएको मोबाइल नम्बर वा इमेल, बचत खाता नम्बर र उपलब्ध क्याप्चा राखेर टप-अपको प्रकिया अगाडि बढाउन सक्नेछन् । साथै, उक्त प्रकियाका लागि मोबाइल नम्बर वा इमेलमा प्राप्त भएको ओटिपी राखे पश्चात् कार्डमा तुरुन्तै टप-अप हुनेछ ।
सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२७ वटा ए.टि.एमहरु संचालनमा रहेका छन् ।