काठमाडौँ । सेयर लगानीकर्ता दिपेन्द्र अग्रवाललाई सोमबार प्रहरीले काठमाडौँको टोखाबाट नियन्त्रणमा लिएको छ । उनलाई ठगी आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो ।
अग्रवाललाई प्रहरीले नियन्त्रणमा लिएसँगै हाल सेयर लगानीकर्ताहरुले सोको विरोध गरेका छन् ।
सेयर लगानीकर्ताका अनुसार अग्रवाललाई प्रहरीको हटलाइन नम्बर १०० मा फोन गरेकै आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो । बरु उक्त केसमा अग्रवाल उल्टै पीडित रहेको सेयर लगानीकर्ताहरुले दाबी गरेका छन् ।
उनीहरुले प्रमाण बिना आरोप अझ हटलाइन नम्बरमा फोन गरेकै भरमा अग्रवाललाई नियन्त्रण लिनु गलत भएको भन्दै विरोध गरेका छन् ।
यता प्रहरीले भने अग्रवाललाई आपराधिक लाभ तथा ठगी कसुरमा पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार अग्रवालविरुद्ध केही दिनअघि नै पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी जारी भएपछि प्रहरीले उनको खोजी गरिरहेको थियो । सोहीबीच उनी कहाँ छन् ? भन्ने जानकारी पाएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।