Skip to content
LAXMI SUNRISE BANK

कुलमान हटेपछि देशमा औपचारिक रुपमै सुरु भयो लोडसेडिङ, चितवनबाट सुरु, देशभर सम्भावना !

अर्थ सरोकार

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले औपचारिक रुपमै लोडसेडिङ सुरु गरेको छ । प्राधिकरणको चितवन चलौनी वितरण केन्द्रले तालिका नै सार्वजनिक गरेर औपचारिक रुपमा लोडसेडिङ सुरु गरेको हो ।

प्राधिकरणको उक्त केन्द्रले सार्वजनिक गरेको तालिका अनुसार पश्चिम चितवन र माडी क्षेत्रमा बिहान तीन घण्टा, दिउँसो र साँझसम्म गरी कुल ६ घण्टा लोडसेडिङ हुनेछ । 

यता प्राधिकरणले भने लामो समय पानी नपर्दा किसानहरुले सिँचाइका लागि मोटर वा पम्पसेट चलाउँदा अत्याधिक लोड परेका कारण लोड व्यवस्थापनका लागि ६ घण्टा विद्युत कटौती गरिएको जनाएको छ ।

भरतपुरबाट चनौली आउने ३३ केभीको कन्डक्टर तारमा तीन सय एमपीएरभन्दा बढी विद्युत् प्रवाह गर्न नमिल्ने र विद्युत‍्को माग ४५० एमपीएरसम्म पुगेका कारणले समस्या चलौनी वितरण केन्द्रले जनाएको छ । प्राधिकरणले सूचना नै जारी गरेर औपचारिक रुपमै लोडसेडिङ सुरु गरेपछि धेरैले कुलमान हटेपछि देशमा लोडसेडिङ सुरु भएको भन्दै लोडसेडिङको विरोध गरेका छन् । 

यसो त हाल प्राधिकरणको चलौनी वितरण केन्द्रले चितवन क्षेत्रमा औपचारिक रुपमा लोडसेडिङ सुरु गरेको छ । तर, खडेरी चितवन मात्र नभएर देशभर लागेकाले यही कारण देखाउँदै प्राधिकरणले देशभर लोडसेडिङ गर्न सक्ने सम्भावना रहेको पनि नागरिकहरुको गुनासो छ । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK