×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि बैंक लिमिटेडको अन्तराष्ट्रिय प्रिपेड डलर कार्ड लिन अनलाइनबाटै प्राप्त गर्न सकिने

PRIME CA
GLOBAL IME BANK

एनएमबि बैंक लिमिटेडको अन्तराष्ट्रिय प्रिपेड डलर कार्ड लिन अनलाइनबाटै प्राप्त गर्न सकिने

१२ जेष्ठ २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनएमबि बैंकले वर्तमान असामान्य परिस्थिति र सुरक्षालाई ध्यानमा राखी ग्राहकहरुलाई घरमै बसेर अनलाइनबाटै डलर कार्ड लिने ब्यवस्था मिलाएको छ । अन्तराष्ट्रिय प्रिपेड डलर कार्ड सम्बन्धि नेपाल राष्ट्र बैंकले दिएको निर्देैशन कार्यान्वयन गर्दै कार्ड जारी गर्न शुरु गरिसकेको तर अहिलेको अवस्थामा अनलाइनबाटै कार्ड लिन सकिने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।
बैंकमा आफ्नो प्यान कार्ड र नागरिकता सहित अन्तरास्ट्रिय प्रिपेड डलर कार्डको लागी अनलाइनबाटै आवेदन दिई विदेशबाट पाइने सेवाहरु जस्तै नेटफ्लिक्स, अमेजन, पेपाल, शिक्षा लगायत सामाजिक सञ्जाल मार्फत पनि आफ्नो व्यवसायलाई आफनै कार्डबाट भुक्तान गरी प्रबद्धन गर्न सकिने बैंकले जनाएको छ । उक्त सुविधाका लागि https://nmbbanknepal.com/virtual-dollor-card-request-form यो लिंकमा आवेदन दिई तत्काल प्राप्त सकिने पनि बैंकले बताएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: