Skip to content
LAXMI SUNRISE BANK

विदेशको सपना देखाएर लाखौँ ठगी, तीन जना प्रहरीको फन्दामा

अर्थ सरोकार

काठमाडौँ । विदेश पठाउने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ परेका छन् । आकर्षक तलबको प्रलोभनमा पारेर वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै रकम ठग्ने तीन जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा ३१ वर्षीय अशोक मोक्तान, ३२ वर्षीय टेक बहादुर घर्ति मगर र ४५ वर्षीय बिमल आले रहेका छन् ।  उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये मोक्तानले युएई पठाउने भन्दै १ जनाबाट ११ लाख ४० हजार रुपैयाँ, मगरले मलेसिया पठाउने भन्दै २ लाख ८ हजार रुपैयाँ र आलेले सर्बिया पठाउने भन्दै १२ लाख रुपैयाँ ठगी गरेर सम्पर्कविहीन भएका थिए । पीडितहरुले आफु ठगिएको भन्ने थाहा पाएपछि प्रहरीमा उजुरी गरेका थिए । सोहि उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

हाल तिनै जनालाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK