काठमाडौँ । सरकारले ९७ वटा हिमाल चढ्न दुई वर्ष रोयल्टी छुट दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले कर्णाली र सुदूरपश्चिम प्रदेशमा रहेका आरोहणका लागि खुला गरिएका ९७ हिमान चढ्न सलामी छुट दिने निर्णय गरेको हो ।
कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा अवस्थित आरोहणका लागि खुला गरिएका ९७ वटा हिमालमा लाग्ने सलामी रकम आर्थिक वर्ष २०८२/८३ र आव २०८३/८४ दुई आर्थिक वर्षका लागि पर्यटन ऐन, २०३५ को दफा ३६ तथा पर्वतारोहणसम्बन्धी नियमावली, २०५९ को नियम ३२ को देहाय (ख) बमोजिम पूर्णरूपमा छुट दिने निर्णय भएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना मन्त्री पृथ्वीसुब्बा गुरुङले जनाएका छन् ।
त्यस्तै, उक्त निर्णय नेपाल राजपत्रमा प्रकाशन गर्ने समेत निर्णय सरकारले गरेको गुरुङले जनाएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्