Skip to content
LAXMI SUNRISE BANK

थप जहाज किन्ने सरकारको तयारी, सातै प्रदेशमा आफ्नै जहाज सञ्चालन गरिने !

अर्थ सरोकार

काठमाडौँ । सरकारले थप जहाज किन्ने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले जहाज थप्नेबारे सरकार आन्तरिक गृहकार्यमा जुटिरहेको बताएका हुन् ।

हाल नेपाल एयरलाइन्सका सबै ६ वटै जहाज सञ्चालनमा रहे पनि यात्रुको माग अनुसार उडान गर्न जहाज अभाव रहेको मन्त्री पाण्डेले बताएका छन् । उनले एयरलाइन्सका सबै प्राविधिक सम्भावित समस्याहरुप्रति पनि मन्त्रालय गम्भीर भएको बताएका छन् । 

त्यस्तै, मन्त्री पाण्डेले सातवटै प्रदेशमा साना विमान सञ्चालन गर्ने सम्भावनाबारे पनि मन्त्रालयले प्रारम्भिक छलफल अघि बढाएको बताएका छन् । प्रदेश अन्तर्गतका विमानस्थलहरु सञ्चालनको लागि सबै प्रदेशमा एउटा-एउटा सानो विमान किन्नेबारे पनि प्रदेश सरकारसँग छलफल भइरहेको उनको भनाई छ । 

उनका अनुसार नेपाल एयरलाइन्सको हवाई सेवा सशक्त बनाउन मन्त्रालयले पारदर्शी प्रक्रियामार्फत नयाँ विमान खरिद गर्ने वा लिजमा ल्याउने योजना बनाइरहेको छ । नेपालसँग विमान अभाव भएकै कारण विदेशी हवाई कम्पनीहरुले नेपाललाई लतार्ने काम गरिरहेको समेत मन्त्री पाण्डेले टिप्पणी गरेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK