काठमाडौँ । सवारी लाइसेन्सको अवधि बढेको छ । सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक राजपत्रमा प्रकाशित गर्दै सवारी लाइसेन्सको अवधि बढाएको हो ।
हाल ५ वर्ष मात्र रहेको लाइसेन्सको अवधि बढाएर १० वर्ष पुर्याईएको छ । त्यस्तै, लाइसेन्स नवीकरणबाट मान्य हुने अवधि समेत बढाएर १० वर्ष पुर्याइएको छ । यसअघि यस्तो अवधि ५ वर्ष मात्र रहेको थियो ।
सवारी लाइसेन्सको अवधि बढेसँगै सवारी चालकहरु खुसि भएका छन् ।