×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

घुस डिल प्रकरणः एमालेबाट दुईजना निलम्बन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

घुस डिल प्रकरणः एमालेबाट दुईजना निलम्बन

Artha Sarokar

१९ श्रावण २०८२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । ‘घुस डिल’ प्रकरणमा मुछिएका दुई जनालाई एमालेले निलम्बन गरेको छ । तत्कालीन सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तासँग घुस डिल गरेको भनिएका सुजन लामा निजामती कर्मचारी के गिरीलाई पार्टीको गण्डकी प्रदेश कमिटीले पार्टी सदस्यबाट निलम्बन गरेको हो । 

उनीहरुमाथि पोखराको १३५ रोपनी लिची बगैँचा हडप्न मन्त्रीसँग घुस डिल गरेको आरो लागेको छ । 

एमाले गण्डकी प्रदेश कमिटीका अनुसार लामालाई घुस डिल गरेको र गिरीलाई आर्थिक कारोबारमा दोषी देखिएको भन्दै निलम्बन गरिएको हो । सोही प्रकरणमा नाम मुछिएका खेम पुनलाई भने निलम्बन गरिएको छैन ।

यसो त घुस डिल प्रकरणमा नाम मुछिएपछि पार्टीले लामालाई स्पष्टिकरणसमेत सोधेको थियो । तर, जवाफ चित्त बुझ्दो नभएपछि निलम्बन गरिएको पार्टीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी