Skip to content
LAXMI SUNRISE BANK

नेपाल एसबिआई बैंक पाँच अन्तराष्ट्रिय अवार्डबाट सम्मानित

अर्थ सरोकार

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड पाँच वटा अन्तराष्ट्रिय अवार्डबाट सम्मानित भएको छ । बैंक एशियन बैंकिङ एण्ड फाइनान्स (एबीएफ) सिंगापुर र क्यापिटल फाइनान्स इन्टरनेशनल, लन्डनबाट सम्मानित भएको हो ।

एबीएफले बैंकलाई ४ वटा अवार्डबाट सम्मान गरेको छ । जसमध्ये नेपाल डोमेस्टिक डिजिटल ट्रान्सफर्मेसन बैंक अफ द इयर, नेपाल डोमेस्टिक टेक्नोलोजी एण्ड अपरेसन बैंक अफ द इयर, डिजिटल बिजनेस बैंकिङ इनिसिएटिभ अफ द इयर-नेपाल र  एसएमई बैंक अफ द इयर-नेपाल अवार्ड हुन् । बैंकिङ क्षेत्रमा उत्कृष्टता र नवीन सेवा प्रदान गरेको भन्दै २०२५ को लागि एसियन बैंकिङ एण्ड फाइनान्सले यी अवार्डबाट बैंकलाई सम्मान गरेको हो ।

त्यस्तै, क्यापिटल फाइनान्स इन्टरनेशनलले एसबिआई बैंकलाई च्याम्पियन इन मोडर्न बैंकिङ इनोभेसन नेपाल २०२५ बाट सम्मान गरेको हो । यो अवार्डले डिजिटल एकीकरण र ग्राहक-केन्द्रित नवप्रवर्तनप्रति बैंकको प्रतिबद्धतालाई मान्यता दिने जनाईएको छ ।

बैंकले विगत ३२ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको छ । हाल बैंकले १०१ शाखा, २२ एक्सटेन्सन काउन्टर, ७ प्रदेश कार्यालय, २० शाखारहित बैंकिङ, १२५ एटीएम र एउटा कर्पोरेट कार्यालय मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK