काठमाडौँ । वैदेशिक रोजगारीका लागि अमेरिका पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा बाग्लुङको ढोरपाटन नगरपालिका–५ घर भएकी ४८ वर्षीया मीना कुँवर रहेकी छिन् ।
उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले सातदोबाटोबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनले अमेरिका पठाउने भन्दै एक व्यक्तिबाट ९ लाख रुपैयाँ लिएर सम्पर्क विहिन भएकी थिइन् । पक्राउ परेकी गुरुङलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।