काठमाडौँ । सेयर गुरु सुवासचन्द्र भट्टराई सेयर तालिमका लागि विदेश प्रस्थान गरेका छन् ।
कतार, यूएई र ओमानमा आयोजना हुन लागेको सेयर तालिमका लागि उनी बुधबार (आज) विदेश प्रस्थान गरेका हुन् । पहिलो सेयर तालिम कतारमा हुनेछ ।
कतारमा अगस्ट ८ (साउन २३, शुक्रबार) मा तालिम हुनेछ । तालिम गोर्खाली रेष्टुरेन्ट मुमताजामा हुने बताइएको छ । तालिम सेयर गुरु भट्टराईले दिनेछन् । कार्यक्रममा सेयर शिक्षा दिनुका साथै कतारमा रहेका सेयर लगानीकर्तासँग पनि भेटघाट गरिनेछ ।
कतारमा सेयर तालिम सकेपछि ओमान र यूएईमा तालिम आयोजना गरिनेछ । ओमान र यूएईमा पनि भट्टराईले नै तालिम दिनेछन् भने त्यहाँ रहेको नेपाली सेयर लगानीकर्तासँग पनि भेटघाट गर्नेछन् ।