काठमाडौँ । प्रदेश प्रहरी कार्यालयले कोशी प्रदेशमा विद्युतीय ट्रान्सफर्मर चोरीमा संलग्नहरुका बारेमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । पछिल्लो समय मोरङ, झापा र सुनसरीका दर्जनौं गाउँ-टोलमा ट्रान्सफर्मर चोरीका घटना दोहोरिइरहेको अवस्थामा प्रहरीले विशेष अभियान नै सञ्चालनमा ल्याएर चोरलाई पक्रन सफल भएको जनाएको हो ।
कोशी प्रदेशमा पछिल्ला केही महिनामा मात्रै २२ वटा ट्रान्सफर्मर चोरी भएका प्रहरीको तथ्यांकमा छ । जसको प्रत्यक्ष असर कृषक, व्यापारी र स्थानीय सेवा प्रणालीमा परेको छ । सुख्खा खेतमा पानी लगाउनका लागि किसान खेतमा जाँदा लाइन नहुनुका साथै ट्रान्सर्फमरसमेत गायब हुन थालेपछी प्रहरीले अप्रेसन नै सुरु गरेको थियो ।
२०७९ देखि सुरु भएको ट्रान्सफर्मर चोरी सञ्जाल हालसम्म आइपुग्दा सुनसरीमा १२, मोरङमा ८ र झापामा २ स्थानमा ट्रान्सफर्मर चोरिएका कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ । पत्रकार सम्मेलनमार्फत प्रहरीले चोरीमा संलग्न १२ जनाको गिरोह पक्राउ गरेको जनाएको छ । २०८२ साउन ९ गते राति मोरङको रंगेली नगरपालिका-९ स्थित खानेपानी आयोजनाको पोल छेउमा शंकास्पद रूपमा घुमिरहेका तीन जनालाई देखेपछि प्रहरीले टोली परिचालन गरेको थियो । तीमध्ये मोरङको ग्रामथान गाउँपालिकाका अर्जुन कुमार थारुलाई प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि प्रहरीले थप १२ जनालाई पक्राउ गरिसकेको छ ।
पक्राउ पर्नेमा ग्रामथान मोरङका इरज धामी, लबिपुर दुहबीका अनुज विश्वास (चौधरी), बेलबारी मोरङका अर्जुन चौधरी, भारत घर भई हाल मलाटी दुहबीका आलम मिया (विहारी), बेलबारी मोरङका रञ्जित तामाङ, दुहबी सुनसरीका प्रयाग कुमार खाँ चौधरी, विराटनगरका लक्ष्य प्रधान, कृष्ण गोपाल ताम्राकार, दुहबीका योगेश अग्रवाल, कपिल भट्ट र इटहरीका सिताराम राई रहेका छन् ।
उनीहरुको कोठा र पसलबाट प्रहरीले ३६८.५ केजी तामाको तार, १२ वटा मोबाइल, २२ वटा डायल रेन्चु, पिकअप र मोटरसाइकलसहितका सवारी साधनहरू बरामद गरेको छ । उक्त समूहले योजनाबद्ध चोरीबाट राज्यलाई करिब दुई करोड रुपैयाँ बराबरको नोक्सानी भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । हाल पक्राउ परेकाहरूलाई अदालतमार्फत कानुनी प्रक्रिया अगाडि बढाइएको छ भने अन्य सम्भावित संलग्नहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्