काठमाडौँ । एनआईसी एशिया बैंकका ग्राहकहरुले नोबल कलेज अफ हेल्थ एण्ड एजुकेसन फाउन्डेसन प्रा.लि.(फ्रन्टलाइन हस्पिटल)मा छुट पाउने भएका छन् । हस्पिटलका विभिन्न सेवाहरुमा बैंकका ग्राहकहरुलाई विशेष छुट उपलब्ध गराउने सम्बन्धमा बैंक र हस्पिटलबीच सम्झौता सम्पन्न भएको हो ।
उक्त सम्झौतासँगै बैंकका ग्राहकहरुले पुरानो बानेश्वर, काठमाडौंमा रहेको फ्रन्टलाइन हस्पिटलमा विभिन्न सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
सम्झौतापत्रमा बैंकका तर्फबाट डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख बिमल लम्साल र फ्रन्टलाइन हस्पिटलका तर्फबाट क्लिनिकल प्रेसिडेन्ट डा. योगेश न्यौपानेले हस्ताक्षर गरेका हुन् ।
यस सुविधाको उपभोग गर्न ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ । फ्रन्टलाइन हस्पिटलसँगको सहकार्यले बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचारमा सहयोग पुग्नुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रबर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।