Skip to content
LAXMI SUNRISE BANK

बुधबार १.९४ अंकले घट्यो नेप्से परिसूचक

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको चोथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बुधबार नेप्से परिसूचक १.९४ अंकले घटेर २८३२.०६ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३२० कम्पनीको २ करोड १६ लाख ५७ हजार ७०६ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ७ अर्ब ६३ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार ङादी ग्रुप पावर लिमिटेडको भएको छ । यस कम्पनीको २९ करोड ४५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, थ्री स्टार हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK