×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसेलद्धारा आकर्षक सेवा सुविधाकासाथ नयाँ वेबसाइट संचालनमा, ग्राहक सेवालाई अझै परिस्कृत गर्दै लाने उद्देश्य

PRIME CA

एनसेलद्धारा आकर्षक सेवा सुविधाकासाथ नयाँ वेबसाइट संचालनमा, ग्राहक सेवालाई अझै परिस्कृत गर्दै लाने उद्देश्य

१२ जेष्ठ २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले ग्राहकका लागि थप आकर्षक सेवा सुविधाकासाथ आफ्नो नयाँ वेबसाइट संचालनमा ल्याएको छ । ग्राहकले अब वेबसाइटबाटै सजिलै भ्वाइस प्याक, डेटा प्याक खरिद, अनलाइन रिचार्ज लगायतका सेवाहरु लिन सक्छन् । यो नयाँ वेबसाइटलाई वेबएपको रुपमा स्मार्टफोनमा राखी उपलब्ध विविध सुविधाहरुको फाइदा लिन सकिने भएको छ ।
ग्राहक सेवालाई अझै परिस्कृत गर्दै लाने उद्देश्य अनुरुप संचालनमा ल्याइएको नयाँ वेबसाइट एनसेलको डिजिटल अभियान अन्तर्गतको एक कार्य हो । यसै अन्तर्गत एनसेलले विविध सेवा सुविधाहरु सहितको सेल्फ केयर एप एनसेल एपको नयाँ संस्करण संचालनमा ल्याइसकेको छ । नयाँ वेबसाइटबाट प्याक खरिद गर्नेे ग्राहककालागि प्याकको खरिदमा १०० प्रतिशतसम्म थप भोल्युम सहितका आकर्षक अफरहरु पनि रहेको छन् । यस कोरोना महामारीकाबीच ग्राहकले घरबाटै आफ्नो आवश्यकता अनुसारको सेवाहरु वेबसाइट मार्फत खरिद गर्न सक्नेछन् ।
विषेश अफर अन्तर्गत ग्राहकले वेबसाइटमार्फत प्याकको खरिदमा १५० एमबी देखि २ जीबीसम्म बोनस डेटाको फाइदा लिन सक्नेछन् । बोनस १ दिनको प्याक (रु १८), ७ दिनको प्याक (रु ९८), १४ दिनको प्याक (रु १३९) लागु रहेको छ भने ट्रिपल मजा अन्तर्गत ७ दिनको प्याक (रु १०९), १० दिनको प्याक (रु १४७) र ३० दिनको प्याक (रु ४५९) मा थप ०.५ जीबी देखि ०.७५ जीबीसम्म बोनस डेटाको योजना रहेको छ । त्यसैगरी ग्राहकले केहि प्याकहरुमा डबल डेटा पाउँछन् र अलवेज अन डेटा प्याक खरिद गर्दा तीन गुणा बढि डे डेटा पाउँछन् ।
कोरोना महामारीले गर्दा घर-घरमै बस्न पर्ने अहिलेको परिस्थितिमा आफ्ना परिवार, साथीभाइ, आफन्त र प्रियजनहरुसँग सम्पर्कमा रहिरहन सञ्चार सेवामाथिको पहुँच निकै नै आवश्यक हुने भएकाले नयाँ वेबसाइटका सुविधा र अफरहरुले ठूलो महत्व राख्ने विश्वास एनसेलले लिएको छ । ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै चाँडै नयाँ वेबसाइटको नेपाली संस्करण पनि सार्वजनिक गरिनेछ ।
ग्राहकले हाल संचालनमा रहेको अनलाइनको खुसी अभियान अन्तर्गत पनि नयाँ वेबसाइटबाट सेवा खरिद गर्दा पाइने विभिन्न विषेश अफरबाट फाइदा लिन सक्छन् । यी अफरहरु हालको कठिन समयमा ग्राहकलाई घरमा नै बसी कार्यलयको काम गर्न, अनलाइन कक्षा गर्न लगायतका कार्यहरुलाई सहज बनाउने उदेश्यका साथ ल्याइएका हुन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: