काठमाडौँ । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले नबिल म्युचुअल फण्ड अन्तर्गत दोस्रो खुलामुखी सामुहिक लगानी कोष योजना ‘एनआई ३१ योजना’को इकाई निष्काशन गर्ने भएको छ । कम्पनीले साउन ३० गतेदेखि उक्त इकाई निष्काशन गर्ने भएको हो ।
२५ करोड रुपैयाँको कोष आकार रहेको उक्त योजनामा १० रुपैयाँ अंकित दरमा २ करोड ५० लाख इकाईहरु निष्काशन हुने भएको छ । जसमध्ये ३७ लाख ५० हजार इकाई व्यवस्थापक कम्पनीका लागि सुरक्षित राखिएको छ भने १ करोड १२ लाख ५० हजार इकाई पहिलो चरणमा सर्वसाधारणका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।
सर्वसाधारण लगानीकर्ताले न्यूनतम १०० इकाई देखि अधिकतम २५ लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । इकाईहरुमा आवेदन दिने अन्तिम म्याद छिटोमा भदौ ३ र ढिलोमा भदौ १३ सम्म रहेको छ ।
‘एनआई ३१ योजना’ले पूँजीबजारमा सूचीकृत ३१ वटा उत्कृष्ट (ब्लुचिप) कम्पनीहरूमा मात्र लगानी गर्नेछ, जसले आकर्षक दीर्घकालीन प्रतिफल दिने उदेश्य राखेको छ ।
यसअघि नै सफलतापूर्वक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले ‘नबिल इक्विटी फण्ड’ सञ्चालन गरिसकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्