काठमाडौं । साताको कारोबारको छैठौँ दिन शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ९८ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज एक लाख रुपैयाँले बढेर एक लाख ९९ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला २३२५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ७० हजार ९ सय ५५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १९९३ .५० रुपैयाँ कायम भएको छ ।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’मा सो विवरण हेर्न सकिन्छ ।