×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विदेशको सपना देखाएर लाखौँ ठगी, ४ जना प्रहरीको फन्दामा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

विदेशको सपना देखाएर लाखौँ ठगी, ४ जना प्रहरीको फन्दामा

Artha Sarokar

२३ श्रावण २०८२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ५५ वर्षीय योगेश गुरुङ, ३८ वर्षीय खेम कुमार श्रेष्ठ मानन्धर, ५२ वर्षीय रामचन्द्र शर्मा र ६२ वर्षीय राजु मगर रहेका छन् ।

उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरुले आकर्षक तलबको प्रलोभन देखाएर क्यानडा, युएई, क्रोएसिया लागायतका देश पठाउने भन्दै रकम ठगी गरेका थिए । पक्राउ परेका गुरुङले एक जनालाई क्यानडा पठाउने भन्दै ८ लाख रुपैयाँ, मानन्धरले ४ जनालाई युएई पठाउने भन्दै ५ लाख, शर्माले क्रोयसिया पठाउने भन्दै २ लाख ३५ हजार र मगरले अमेरिका पठाउने भन्दै ४ लाख रुपैयाँ ठगी गरेर सम्पर्क विहीन भएका थिए ।

हाल पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी