Skip to content
LAXMI SUNRISE BANK

सोमबार २७.९० अंकले घट्यो नेप्से परिसूचक

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । सोमबार नेप्से परिसूचक २७.९० अंकले घटेर २८२२.४६ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३२४ कम्पनीको २ करोड ५० लाख ९२ हजार ४९० कित्ता सेयर खरिद बिक्री हुँदा रू. १० अर्ब २१ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार शिवम् सिमेन्ट्स लिमिटेडको भएको छ । यस कम्पनीको ५३ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

सोमबारको बजारमा रिभर फल्स पावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यता, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK