काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा)ले साउन २१ गतेदेखि सुरु भएको ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ मा १ लाख अवलोकनकर्ताले अवलोकन गरेको दाबी गरेको छ । एक्स्पोमा व्यवसाय नै नभएपछि २५ गतेसम्म भनेर २६ गतेसम्म चलाइएको उक्त एक्स्पोमा १ लाख अवलोकनकर्ता आएको नाइमाले दाबी गरेको हो ।
नाइमाले सोही अनुसारको प्रचारसमेत गरिरहेको छ । तर, यथार्थमा नाइमाको मोबिलिटी एक्स्पो ३० हजार जनाले मात्रै अवलोकन गरेको व्यवसायीहरुले बताउँदै आएका छन् ।
यता नाइमा मोबिलिटी एक्स्पोमा टिकट बिक्री गरेको खल्तीका कर्मचारीले समेत एक लाख भिजिटर आएको प्रचार गलत भएको बताएका छन् । खल्तीका ती कर्मचारीका अनुसार पनि एक्स्पोमा करिब ३० हजार अवलोकनकर्ताले अवलोकन गरेका छन् ।
‘बाहिर जसरी १ लाख भिजिटर आए भनेर हल्ला गरिएको छ, त्यो डाटा यथार्थ होइन ।’, उनले भने, ‘करिब ३० हजार हाराहारी मान्छे आएका हुन् । त्यो भन्दा धेरै थिएनन् ।’