×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुक्तिनाथ कृषि कम्पनीको नाफा र ईपीएस दुवै बढ्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

मुक्तिनाथ कृषि कम्पनीको नाफा र ईपीएस दुवै बढ्यो

Artha Sarokar

२८ श्रावण २०८२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको नाफा बढेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीको खुद नाफा ३६२.४९ प्रतिशतले बढेको हो । कम्पनीले २०८२ असार मसान्तसम्म कुल १० करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी कम्पनीले २०८१ असार मसान्तसम्म २ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 

कम्पनीले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको सञ्चालन आम्दानी ८.४६ प्रतिशतले बढेको छ । त्यस्तै, कम्पनीको कुल आम्दानी ४७.२१ प्रतिशतले बढेको छ भने कुल खर्च १४.५५ प्रतिशतले घटेको छ । 

समीक्षा अवधिमा कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि उल्लेख्य बढेको छ । यस अवधिमा कम्पनीको ईपीएस ११ रुपैयाँ २६ पैसाले बढेर १४ रुपैयाँ ३६ पैसा पुगेको छ । 

यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ ३२ पैसा छ भने मूल्य आम्दानी अुनपात १०४.१२ गुणा छ । ७० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी ६ करोड ३२ लाख रुपैयाँ रहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी