×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माओवादी नेता गगन पुरी भ्रष्टाचारी ठहर !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

माओवादी नेता गगन पुरी भ्रष्टाचारी ठहर !

Artha Sarokar

२८ श्रावण २०८२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । माओवादी नेता रेवतराज पुरी (गगन पुरी) भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । उनलाई विशेष अदालतले झापाको सार्वजनिक जग्गा व्यक्तिको नाममा ल्याएर भ्रष्टाचार गरेको आरोपमा दोषी ठहर गरेको हो । 

उनीसँगै अदालतले अन्य ९ जनालाई पनि दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरु मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले उनीहरुलाई भ्रष्टाचारी ठहर गरेको हो ।

उनीहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दमक नगरपालिका-१३ र १४ मा पर्ने रतुवा र दिपिनी खोला दोभानको सार्वजनिक जग्गा व्यक्तिको नाममा नामसारी गरेको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो । सोही मुद्दाको सुनुवाइका क्रममा अदालतले उनीहरुलाई भ्रष्टाचारी ठहर गरिदिएको हो ।

अदालतको आदेश अनुसार हडपिएको भनिएको सार्वजनिक जग्गा जफत हुनेछ । यसो त हाल विशेष अदालतले भ्रष्टाचारी ठहर गरेका गगन पुरीविरुद्ध सम्पत्ति शुद्धिकरणको समेत मुद्दा दायर भएको थियो भने सो मुद्दामा पनि अदालतले उनलाई दोषी ठहर गर्दै चार करोड तीन लाख ३४ हजार रुपैयाँ जरिवाना तोकेको थियो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी