काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा बढेको छ । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ६४.४३ प्रतिशतले बढेको हो । कम्पनीले यसअवधिमा कुल ६ अर्ब ७५ करोड ६६ लाख ४९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षमा ४ अर्ब १० करोड ८८ लाख ९२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.५४ प्रतिशत घटेको छ भने खुद शुल्क तथा कमिसन आम्दानी २३.९१ प्रतिशत बढेको छ । यसअवधिमा बैंकको कुल सञ्चालन आम्दानी ०.७३ प्रतिशत घटेको छ । त्यस्तै, बैंकको सञ्चालन मुनाफा ५८.६६ प्रतिशत बढेको छ । बैंकको वितरणयोग्य नाफा ४९ करोड १३ लाख ५६ हजार रुपैयाँ छ ।
बैंकले प्रकाशित गरेको विवरण अनुसार गत आर्थिक वर्षमा बैंकको खराब कर्जा बढेको छ । अघिल्लो आर्थि वर्ष ४.९१ प्रतिशत रहेको खराब कर्जा गत वर्ष बढेर ५.८५ प्रतिशत पुगेको छ । बैंकको निक्षेप तथा कर्जा अनुपात (सीडी रेसियो) ७४.४४ प्रतिशत रहेको छ ।
नाफासँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । यस अवधिमा बैंकको ईपीएस १२.०४ रुपैयाँबाट बढेर १९.८० रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ २३१.०२ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ११.६७ गुणा छ । ३४ अर्ब १२ करोड ८५ लाख ९५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडामा ३२ अर्ब ७४ करोड १२ लाख २४ हजार रुपैयाँ रहेको छ ।