×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गोर्खाज फाइनान्स पौने १३ करोड घाटामा, खराब कर्जा अनुपात १६.१० प्रतिशत !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

गोर्खाज फाइनान्स पौने १३ करोड घाटामा, खराब कर्जा अनुपात १६.१० प्रतिशत !

Artha Sarokar

३० श्रावण २०८२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म गोर्खाज फाइनान्स पौने १३ करोड रुपैयाँ घाटामा गएको छ । कम्पनीले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनी कुल १२ करोड ७३ लाख रुपैयाँ घाटामा गएको हो । जबकी कम्पनी अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ४ करोड २३ लाख रुपैयाँ नाफामा थियो ।

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १७.५२ प्रतिशतले घटेर २५ करोड ८ लाख रुपैयाँमा झरेको छ । यस अवधिमा कम्पनीको खुद सञ्चालन आम्दानी पनि ३८ करोड ७ लाखबाट घटेर १२ करोड २४ लाखमा सीमित भएको छ ।

त्यस्तै, कम्पनीको सञ्चालन मुनाफा पनि ११ करोड ८० लाख रुपैयाँले ऋणात्मक रहेको छ । समीक्षा अवधिमा कम्पनीको खराब कर्जा अनुपात १२.७३ प्रतिशतबाट बढेर १६.१० प्रतिशत पुगेको छ ।  

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले इम्पेयरमेन्ट चार्जका लागि १९ करोड ४३ लाख रुपैयाँ छुट्याएको छ । कम्पनीको वितरणयोग्य मुनाफा पनि ५७ करोड २३ लाख रुपैयाँले ऋणात्मक रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि १४.६८ रुपैयाँ ऋणात्मक छ भने प्रतिसेयर नेटवर्थ १४१.७५ रुपैयाँ रहेको छ । 

त्यस्तै, समीक्षा अवधिसम्म कम्पनीको रिटेन्ड अर्निङ ५७ करोड २३ लाख रुपैयाँले ऋणात्मक छ । अघिल्लो आर्थिक वर्षमा ९७ करोड २१ लाख रुपैयाँ रहेको रिजर्भ कोष पनि घटेर ९१ करोड ८४ करोडमा सीमित भएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी