×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

९९ प्रतिशतले घट्यो ट्रेड टावरको नाफा, ईपीएस पनि घट्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

९९ प्रतिशतले घट्यो ट्रेड टावरको नाफा, ईपीएस पनि घट्यो

Artha Sarokar

३० श्रावण २०८२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । ट्रेड टावर लिमिटेडको नाफा ९९.३८ प्रतिशतले घटेको छ । कम्पनीले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्म अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीले १ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी भने बढेको छ । यस अवधिमा कम्पनीले कुल १९ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ७५.५६ प्रतिशत बढी हो ।

कम्पनीको वित्तीय विवरण अनुसार कम्पनीको वित्त खर्च १ करोड ४७ लाख रुपैयाँबाट बढेर ४ करोड ३४ लाख रुपैयाँ पुगेको छ । कम्पनीको कुल चालु सम्पत्ति १७ करोड ९ लाख र कुल चालु दायित्व २९ करोड ५० लाख रुपैयाँ रहेको छ ।  

नाफासँगै समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि घटेको छ । यस अवधिमा कम्पनीको यस्तो आम्दानी ५ रुपैयाँ ६१ पैसा घटेर २ पैसामा सीमित भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ  १०५ रुपैयाँ ९३ पैसा रहेको छ । ८१ करोड ५६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटीमा ४ करोड ८३ लाख रुपैयाँ रहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी