×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१५ मिनेटको व्यवस्था खारेज गर्न सेयर लगानीकर्ताको माग, भन्छन्- ‘बजारको सेन्टिमेन्ट र माहोल बिगार्यो’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

१५ मिनेटको व्यवस्था खारेज गर्न सेयर लगानीकर्ताको माग, भन्छन्- ‘बजारको सेन्टिमेन्ट र माहोल बिगार्यो’

Artha Sarokar

३० श्रावण २०८२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सेयर लगानीकर्ता आदित्य पौड्यालले अन्तिम १५ मिनेटको व्यवस्था खारेजीको माग गर्दै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा निवेदन दिएका छन् । उनले अन्तिम १५ मिनेटको व्यवस्थाले बजारको सेन्टिमेन्ट बिगारेको भन्दै सो व्यवस्था खारेजीको माग गरेका हुन् । 

उनले १५ मिनेटको भारित औषत मूल्य अवैज्ञानिक भएको र यसले पूँजी बजारको विकासलाई नै प्रभाव पारेको उल्लेख गरेका छन् । 

१५ मिनेटको व्यवस्था लागू गर्ने नेप्सेको निर्णय ६९ लाख लगानीकर्ताका लागि कालो दिन भएको भन्दै लगानीकर्ता पौड्यालले ठूला कम्पनीको सेयर मूल्य तलमाथि हुँदा समग्र नेप्से इन्डेक्सको मनोविज्ञान र सेयर लगानीकर्ताको मनोबलमा ठूलो असर परेको बताएका छन् । यो व्यवस्थाले प्राविधिक चार्टलाई समेत बिगार्ने भएकाले बजारको अध्ययनमा पनि प्रभाव परेको पौड्यालको भनाई छ । 

त्यस्तै, साना पूँजी भएका कम्पनीको ठूलो कित्ता सेयर तलमाथि म्याच गर्दा बजार ध्वस्त भएको पनि पौड्यालले दाबी गरेका छन् । उनले बजारको विकास र स्थायित्वका लागि १५ मिनेटको व्यवस्था तत्काल खारेज गर्न माग गरेका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी