×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रुकुम पूर्वमा कृषि विकास बैंकका म्यानेजर मृत फेला, प्रहरी भन्छ- ‘मृत्युको कारण खुल्न बाँकी छ’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

रुकुम पूर्वमा कृषि विकास बैंकका म्यानेजर मृत फेला, प्रहरी भन्छ- ‘मृत्युको कारण खुल्न बाँकी छ’

Artha Sarokar

१ भाद्र २०८२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कृषि विकास बैंकका प्रबन्धक मृत फेला परेका छन् । बैंकको रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ स्थित शाखामा कार्यरत प्रबन्धक शिवशंकर गिरी मृत फेला परेका हुन् ।

गिरी आफ्नै निवासमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रवक्ता तथा प्रहरी निरीक्षक लाल बहादुर विश्वकर्माले पुष्टि गरेका छन् ।

उनका अनुसार गिरी बैंक रहेकै भवनमा रहेको आफ्नै निजी क्वाटरमा अचेत अवस्थामा फेला परेका थिए । ‘सुरुमा खबर आयो । हामी पुग्दा उहाँ बेडमा अचेत अवस्थामा हुनुहुन्थ्यो ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने, ‘हामीले डाक्टरलाई बोलायौँ । उहाँको श्वासप्रश्वास बन्द भइसकेको थियो ।’

प्रहरी निरीक्षक विश्वकर्माका अनुसार गिरीको आफन्तलाई खबर गरिसकिएको छ भने हाल पोस्र्टमाटम गर्ने तयारी भइरहेको छ । गिरी सुगर र प्रेसरको बिरामी भएको विश्वकर्माले बताएका छन् ।

हालसम्म मृत्युको कारण भने खुलेको छैन । अहिले शवको पोस्टमार्टम गर्ने तयारी भइरहेको बताउँदै प्रहरी निरीक्षक विश्वकर्माले थप विवरण पोस्टमार्टम रिपोर्ट आएपछि मात्र थाहा हुने बताएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी