×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक वर्षमै सेयर बजारबाट १८ अर्ब बढी राजस्व संकलन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

एक वर्षमै सेयर बजारबाट १८ अर्ब बढी राजस्व संकलन

Artha Sarokar

१ भाद्र २०८२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । एक वर्षमा सेयर बजारबाट १८ अर्ब रुपैयाँ बढी राजस्व संकलन भएको छ । सरकारले गत आर्थिक वर्ष २०८१/८२ मा सेयर बजारबाट १८ अर्ब २२ करोड ४१ लाख रुपैयाँ राजस्व संकलन गरेको हो ।

वार्षिक रुपमा सेयर बजारबाट यति धेरै राजस्व संकलन भएको यो पहिलो पटक हो । यसअघि सरकारले आर्थिक वर्ष २०७७/७८ मा सर्वाधिक १४ अर्ब ३४ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो ।

गत आर्थिक वर्षमा सरकारले पूँजीगत लाभकरबाट १६ अर्ब ५९ करोड ९२ लाख रुपैयाँ र अग्रिम करकट्टीबाट १ अर्ब ६३ करोड ४८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै दुई गुणा बढी हो ।

अघिल्लो आर्थिक वर्षमा सरकारले सेयर बजारबाट ६ अर्ब १५ करोड ३८ लाख रुपैयाँ मात्र राजस्व संकलन गरेको थियो । हालसम्म नेपालमा डिम्याट खाता खोल्नेको संख्या ७० लाख १० हजार ९ सय १६ रहेको छ । तर, डिम्याट खाता खोलेको सबैले दोस्रो बजारमा कारोबार गरेका छैनन् । दोस्रो बजारमा सेयर कारोबारका लागि ४१ लाख ८९ हजार ६ सय ७७ जनाले खाता खोलेका छन् । तीमध्ये २६ लाख ५१ हजार २० जना पुरुष, १५ लाख २८ हजार ६ सय ११ जना महिला र बाँकी १० हजार ४६ वटा संस्थागत लगानीकर्ता रहेका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी