काठमाडौँ । चितवन-पूर्वी तथा पश्चिम नेपालका सवारी साधन राजधानी काठमाडौँ आउजाउ गर्ने मुख्य राजमार्ग नारायणगढ-मुग्लिन सडक खण्डमा आइतबार यातायात व्यवस्था अस्तव्यस्त भएको छ ।
आइतबार बिहान चितवनको इच्छाकामना गाउँपालिका-५ तुइनखोलास्थित सडकखण्डमा माथिबाट चट्टानसहितको पहिरो खसेको कारण मुग्लिन सडकखण्ड दुईतर्फी अवरुद्ध भएको छ । जसका कारण यात्रुहरु जाममा फसेका छन् । पहिरो पन्छाएर केही समय सडकमा दुईतर्फी यातायात सञ्चालनमा आएको थियो । तर, अहिले पुनः राजमार्ग अवरुद्ध भएको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः