काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको नाफा घटेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणको नाफामा गिरावट आएको हो । प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणले ९ अर्ब ६ करोड ७० लाख रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा ३७.३२ प्रतिशतले कम हो ।
आर्थिक वर्ष २०८०/८१ मा १० अर्ब ५३ करोड नाफा कमाएको थियो । यसो त कुलमान घिसिङले विद्युत प्राधिकरणको नेतृत्व सम्हालेयता प्राधिकरणको बढिरहेको थियो । तर, कुलमानलाई सरकारले बर्खास्त गरेसँगै नाफा समेत ओरालो लागेको प्राधिकरणकै रिपोर्टले पुष्टि गरेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले गत आर्थिक वर्षको तुलनामा विदेशी मुद्रा जापानी येनमा भएको अधिमूल्यनदेखि प्रशासनिक खर्च वृद्धि एवं औसत विद्युत बिक्री मूल्यमा कमी आएका कारणले नाफा घटेको बताएका छन् । अहिले प्राधिकरणको नाफा घटे पनि आगामी वर्ष नाफामा वृद्धि हुने शाक्यले दाबी गरेका छन् ।
‘विद्युत बिक्री बाहेक अन्य स्रोतबाट आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्ममा कुल आम्दानी १ खर्ब ३८ अर्ब ८७ करोड रहेको थियो । सञ्चालन खर्च ब्याज खर्च लगायत सम्पूर्ण खर्चसहित आर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणको कुल खर्च १ खर्ब २९ अर्ब ८१ करोड रहेको थियो । आर्थिक वर्ष २०८१/८२ मा नाफा ९ अर्ब ६ करोड ७० लाख हुन आएको छ । २०८०/८१ को तुलनामा ३७.३२ प्रतिशतले कम हो । गत वर्षको तुलनामा विदेशी मुद्रा जापानी येनमा भएको अधिमूल्यन आदि कारणले अढाई अर्ब नोक्सान भएको छ ।’, शाक्यले भने, ‘डेडिकेटेड तथा नेपाल सरकारसँग बाँकी रहेको बक्यौताको प्रभोनिजिङ गरे वापत साढे ५ अर्ब नोक्सानी भएको छ । प्रशासनिक खर्च वृद्धि एवं औसत विद्युत बिक्री मूल्यमा कमी आएका कारणले नाफामा केही कमी देखिएको छ । तर जुन आगामी वर्षमा वृद्धि हुने देखिन्छ ।’
त्यस्तै, उनले आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्ममा राष्ट्रिय विद्युत प्रणालीमा जडित कुल विद्युत जडित क्षमता ३५९१ पुगेको बताएका छन् । आर्थिक वर्ष २०८१/८२ मा राष्ट्रिय प्रणालीमा १५ हजार ६ सय ४१ गिरावट घण्टा विद्युत उपलब्ध भएको थियो । जसमा प्राधिकरण तथा सहायक कम्पनीहरुको योगदान ३४ प्रतिशत रहेको थियो । स्वतन्त्र विद्युत उत्पादकहरुको योगदान ५५ प्रतिशत रहेको थियो भने ११ प्रतिशत विद्युत भारतबाट आयात गरिएको थियो ।
प्राधिकरणका अनुसार नेपालको आन्तरिक विद्युत खपत अघिल्लो आर्थिक वर्षको तुलनामा १०.७ प्रतिशतले वृद्धि भई ११ हजार ३ सय १९ गिरावट घण्टा पुगेको थियो । आर्थिक वर्ष २०८१/८२ मा अघिल्लो आवको तुलनामा ४.६ प्रतिशतले वृद्धि भई ५७ करोड १ लाख पुगेको छ । राष्ट्रिय ग्रेड पहुँच करिव ९८ प्रतिशत पुगेको छ भने विद्युत चुहावटमा ०.४७ प्रतिशत कमी आएको छ ।
प्राधिकरणको कुल सम्पती २०८१/८२ मा ६ खर्ब ८४ अर्ब ९१ करोड पुगेको छ । आर्थिक वर्षको २०८१/८२ मा प्राधिकरणको प्रणालीमा कुल ४३४ मेगावट विद्युत उत्पादन क्षमता थप भएको छ । जसमा प्राधिकरण अन्तर्गतका कम्पनीका सहायक कम्पनीहरुको योगदान १५३.५ मेगावाट छ भने २९०.५ मेगावट छ ।