Skip to content
LAXMI SUNRISE BANK

आईएमइ लाइफ र नेशनल लाइफ इन्स्योरेन्ससहितका कम्पनी बीमा प्राधिकरणको कारवाहीमा, प्रचलित कानुन नटेरेको आरोप !

अर्थ सरोकार

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले नेशनल लाइफ इन्स्योरेन्ससहितका बीमा कम्पनीहरुलाई कारवाही गरेको छ । तोकेको मापदण्ड पूरा नगरेको भन्दै प्राधिकरणले आईएमई लाइफ र नेशनल लाइफ इन्स्योरेन्ससहितका बीमा कम्पनीहरुलाई कारवाही गरेको हो।

नेपाल बिमा प्राधिकरणले नेशनल लाइफ इन्स्योरेन्सलगायतका कम्पनीले आफूले दिएका विभिन्न निर्देशन तथा मापदण्ड पालना नगरेको भन्दै कारवाही गरेको हो।

यता नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका सीइओ सुरेश खत्रीले पनि कम्पनीलाई कारवाही गरिएको स्वीकारेका छन् । ‘ब्यालेन्स सिट समयमा बुझाइएन भनेर सचेत गराइएको हो । नेशनल लाइफलाई मात्र होइन, अरुलाई पनि सचेत गराइएको छ ।’ खत्रीले अर्थ सरोकारसँग भने, ‘हामीले गल्ती गरेकै हो । त्यसपछि उहाँहरुले सचेत गराउनुभएको हो । यसलाई कारवाही भन्दा पनि सचेत गराइएको भनौँ ।’

सीइओ खत्रीले एक्चुरी भ्यालुएसनका कारण समयमा काम नभएको र सोहि कारण देखाएर प्राधिकरणले सचेत गराएको स्वीकारेका हुन् ।

यता बीमा प्राधिकरणका अधिकारीहरुले भने सामान्य गल्तीका कारण नभई केहि सिरियस बदमासी भएकाले नेशनल लाइफ इन्स्योरेन्सलाई कारवाही गरिएको बताएका छन् । ती अधिकारीका अनुसार सबैभन्दा बढी बदमासी नेशनल लाइफ इन्स्योरेन्स र आईएमई लाइफ इन्स्योरेन्सको देखिएको छ ।

सो कारवाही बीमा प्राधिकरणमा शरद ओझा हुँदा नै भएको र त्यसपछि नेशनल लाइफका केहि संचालकसहितको टोली ओझालाई प्राधिकरणबाट हटाउन लागि परेको प्राधिकरणका अधिकारीहरुको दाबी छ । पछिल्लो समय शक्ति र पहुँचको आधारमा आईएमई लाइफ इन्स्योरेन्सको बदमासी पनि ह्वात्तै बढेको ती अधिकारीको भनाई छ ।

प्राधिकरणले अन्य बीमा कम्पनीलाईसमेत कारवाही गरेको भए पनि आइएमई लाइफ र नेशनल लाइफ इन्स्योरेन्सका बदमासी ‘सिरियस नेचर’का भएको प्राधिकरणका अधिकारीहरुको दाबी छ । ‘नेशनल लाइफ, सूर्यज्योति, युनाइटेड अजोड, आईएमई लाइफ लगायतका कम्पनीको बदमासी अलि बढी नै देखिएको छ । भलै अन्य बीमा कम्पनीलाई पनि कारवाही गरिएको छ ।’ प्राधिकरणका एक अधिकारीले भने, ‘ आईएमई लाइफ र नेशनल लाइफ लगायतले शक्तिको आवरणमा बढी नै मनपरी गरिरहेका छन् । अव ओझाजी अध्यक्षबाट हटेपछि यिनीहरुको बदमासी झन् बढ्ने देखिन्छ ।’

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK