Skip to content
LAXMI SUNRISE BANK

नेपाल टेलिकमको ‘रिङ ब्याकटोन’ बजाउन बन्द गर्न माग गर्दै सर्वोच्चमा रिट, अनावश्यक टर्चर दिएको आरोप !

अर्थ सरोकार

काठमाडौँ । नेपाल टेलिकमको रिङ ब्याकटोन बजाउन बन्द गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता विमल पोखरेलले ल्यान्डलाइन र मोबाइल फोनमा अनावश्यक रिङ ब्याकटोन बजाउन बन्द माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

पोखरेलले दायर गरेको रिटमा नेपाल टेलिकम, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई विपक्षी बनाइएको छ ।

यसो त नेपाल टेलिकमको रिङ ब्याकटोन बजाउन बन्द गर्न माग गर्दै साउन १९ गते नै सर्वोच्चमा रिट पेस गरिएको थियो । तर, साउन २१ गते उक्त रिट दरपीठ गरिएको थियो । त्यसपछि दरपिठ बदरको माग गर्दै निवेदन दायर गरिएको थियो । सोही निवेदनको सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले नेपाल टेलिकमको रिङ ब्याकटोन बजाउन बन्द गर्न माग गर्दै पेस भएको रिट दर्ता गर्न आदेश दिएको हो ।

आदेशमा उक्त विषय सार्वजनिक सरोकारको विषय भएको र रिङ ब्याकटोन बजाउने गरेको र त्यसबापत शुल्क समेत नलिने गरेको उल्लेख गरिएको छ । रिटमा अधिवक्ता पोखरेलले अनावश्यक बज्ने रिङ ब्याकटोनले उपभोक्तालाई हैरानी दिनुका साथै इच्छा विपरीत रिङ ब्याकटोन सुन्न बाध्य पार्ने र मानसिक तनाव दिएकोले चाडपर्व, मेला, महोत्सव वा दिवसको अवसरमा बजाइने रिङ ब्याकटोन बजाउन बन्द गर्न माग गरेका छन् ।

त्यति मात्र होइन, अनावश्यक बज्ने रिङ ब्याकटोनबाट दिक्क भएर उपभोक्ताले सम्पर्कका लागि अन्य माध्यमको प्रयोग गर्दा देशको राजस्वमा समेत ठूलो घाटा भइरहेको रिटमा दाबी गरिएको छ । उक्त रिटको पेसी भदौ ३ गते (मंगलबार)का लागि तोकिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK