×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दुर्गा प्रसाईंको गम्भीर आरोप- ‘गभर्नरले अदालत किन्न खोज्दैछन्’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

दुर्गा प्रसाईंको गम्भीर आरोप- ‘गभर्नरले अदालत किन्न खोज्दैछन्’

Artha Sarokar

२ भाद्र २०८२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईंले नेपाल राष्ट्र बैंकका गभर्नरले अदालत किन्न खोजेको गम्भीर आरोप लगाएका छन् । मंगलबार पत्रकार सम्मेलनका क्रममा उनले गभर्नर डा. विश्वनाथ पौडेलमाथि यस्तो आरोप लगाएका हुन् ।

उनले हाल गभर्नरविरुद्ध अदालतमा मुद्दा चलिरहेको बेला गभर्नर पौडेलले अदालत किन्न मान्छे लगाइरहेको पनि दाबी गरेका छन् । 

गभर्नर डा. पौडेलले पिएचडी गरे पनि उनीसँग तल्लो तहको सर्टिफिकेट नै नभएको प्रसाईंको आरोप छ । त्यही कारण गभर्नर पौडेलले अदालत किन्न खोजिरहेको प्रसाईंले आरोप लगाएका छन् ।

‘…उहाँको सर्टिफिकेट नै छैन । उहाँले अदालत किन्न खोज्दै हुनुहुन्छ । अहिलेको गभर्नरले सेटिङ गर्दे भनेर मान्छे लगाइराख्नु भएको छ ।’, प्रसाईंले भने, ‘उहाँले पिएचडी गरेको रे, पिएचडी चाहिँ छ रे त्यो भन्दा मुनिको सर्टिफिकेट नै छैन रहेछ ।’

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी