काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा बर्खास्तीमा परेका छन् । योग्यता सम्बन्धमा फर्जी कागज पेश गरेको ठहर भएपछि सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई बर्खास्त गरेको हो । ओझाको अनुभव र योग्यतामाथि प्रश्न उठेपछि सरकारले असार ३० गते तीन सदस्यीय न्यायिक समिति गठन गरेको थियो । सोही समितिले ओझाले योग्यता सम्बन्धमा बुझाएको कागज फर्जी भएको ठहर गरेको छ ।
यसरी बीमा प्राधिकरणको अध्यक्ष बन्न ओझाले बुझाएको कागज नै फर्जी भएको ठहर भएपछि प्राधिकरणको अध्यक्षका लागि ओझालाई सिफारिस गर्नेलाई पनि कारवाही गर्नुपर्ने माग उठेको छ ।
‘योग्यता र अनुभवमाथि प्रश्न उठेपछि न्यायिक समिति गठन गरियो । न्यायिक समितिले छानबिनपछि कागज फर्जी भएको ठहर गर्यो र अध्यक्षबाट ओझाजीलाई बर्खास्त गर्न सिफारिस गर्यो । सोही सिफारिसका आधारमा ओझाजीलाई बर्खास्त गरिएको हो ।’, सरकारका एक मन्त्रीले भने, ‘अब अध्यक्षको कागज नै फर्जी ठहर भएपछि फर्जी कागजका आधारमा अध्यक्षका लागि सिफारिस गर्नेलाई पनि कारवाही गर्ने भन्ने माग उठेको छ, थप सोच्दैछौँ ।’
यसो त बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि गठन गरिएको सिफारिस समितिको संयोजक राष्ट्रिय योजना आयोग आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारी थिए । अधिकारीको संयोजकत्वमा गठन भएको उक्त समितिमा अर्थ मन्त्रालयका सचिव र ज्योतिचन्द्र ओझा सदस्य थिए ।
उक्त समितिले प्राधिकरणको अध्यक्षका लागि आवेदन दिएका १२ जनामध्येबाट कमलप्रसाद रेग्मी, चिरञ्जीवी चापागाइँ, दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझाको नाम सर्ट लिष्ट गरिएको थियो । सर्ट लिष्टमा परेका पाँच जनाको व्यवसायिक कार्ययोजनाको प्रस्तुतिकरण र अन्तरवार्ताका आधारमा समितिले अध्यक्षका लागि दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझालाई सिफारिस गरेको थियो ।
सिफारिसमा परेका तीन जनाबाट मन्त्रिपरिषद् बैठकले २०८१ फागुन २१ गते ओझालाई प्राधिकरणको अध्यक्ष नियुक्त गरेको थियो । तर, हाल भने अध्यक्ष बन्न ओझाले योग्यता र अनुभवको फर्जी कागज बुझाएको भन्दै उनी बर्खास्तीमा परेका छन् । अहिले भने यसरी फर्जी कागजका आधारमा अध्यक्ष सिफारिस गर्ने सिफारिस समितिका संयोजकलाई समेत कारवाही हुनुपर्ने माग उठेको छ । यद्यपि उक्त विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि चासो देखाएको बुझिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्