×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक महिनामा वार्षिक लक्ष्यको ६.८५ प्रतिशत राजस्व सङ्कलन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

एक महिनामा वार्षिक लक्ष्यको ६.८५ प्रतिशत राजस्व सङ्कलन

Artha Sarokar

५ भाद्र २०८२, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा रु ३० करोड ५१ लाख ९५ हजार राजस्व सङ्कलन गरेको छ । सङ्कलन भएको उक्त रकम चालु आर्थिक वर्षको वार्षिक लक्ष्यको ६.८५ प्रतिशत हो ।

कार्यालयले चालु आर्थिक वर्षमा चार अर्ब ४५ करोड ५० लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको सूचना अधिकारी एवं कर अधिकृत डोरराज सुनुवारले जानकारी दिएका छन् । ‘साउन महिनामा ३८ करोड तीन लाख ९१ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा लक्ष्यको ८०.२३ प्रतिशत राजस्व सङ्कलन भयो ।’, उनले भने ।

यसमा आयकरबाट रु सात करोड ८३ लाख ६२ हजार, ब्याजबापत रु एक करोड ५१ लाख ६१ हजार, मूल्य अभिवृद्धि करबाफत रु १४ करोड ४५ हजार र अन्तःशुल्कबापत रु छ करोड ८३ लाख ७० हजार राजस्व सङ्कलन भएको हो ।

गत आर्थिक वर्षमा २०८१/८२ को पहिलो महिनामा रु ३० करोड २३ लाख २६ हजार राजस्व सङ्कलन भएको थियो । कार्यालयले राजस्व सङ्कलनको लक्ष्य हासिल गर्न निरन्तर बजार अनुगमन र निगरानी गर्नाका साथै लाभग्राही केन्द्रित व्यावहारिक कर शिक्षा प्रदान गरिरहेको कर अधिकृत सुनुवारले बताएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी