काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको अर्थतन्त्रको अवस्था नाजुक रहेको बताएकी छिन् । काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले यस्तो बताएकी हुन् ।
उनले खुट्टाले टेकेर हिँड्नुपर्ने देशको अर्थतन्त्र टाउकाले टेकेर हिँडिरहेको टिप्पणी गरेकी छिन् । आयातमा आधारित भन्सारमा अर्थतन्त्र चलिरहेको उनले जिकिर गरेकी छिन् । व्यापार घाटा भइरहेको, वैदेशिक ऋण बढिरहेको, दलाल पुँजी फस्टाइरहेको भण्डारीको भनाई छ ।
राष्ट्रिय पुँजी फस्टाउन नसक्दा दिगो विकासका लागि दुःखदायी परिस्थिति बनेको उनले बताएकी छिन् । ‘खुट्टाले टेकेर हिँड्नुपर्ने देशको अर्थतन्त्र टाउकाले टेकेर हिँडिरहेको छ । आयातमा आधारित भन्सारमा चलिरहेको छ । त्यसले व्यापार सन्तुलन भइरहेको छैन ।’, उनले भनिन्, ‘व्यापार घाटा भइरहेको छ । वैदेशिक ऋण बढिरहेको छ । दलाल पुँजी फस्टाइरहेको छ । राष्ट्रिय पुँजी फस्टाउन सकिरहेको छैन । यो दिगो विकासका लागि अत्यन्तै दुःखदायी परिस्थिति हो ।’
त्यस्तै, पूर्वराष्ट्रपति भण्डारीले युवाहरुलाई देशमा कसरी आकर्षण बढाउने भन्नेबारेमा सोच्नुपर्ने बताएकी छिन् । नवपुस्ताहरुको चाहनाअनुसार सरकारले काम गर्दै जानुपर्ने उनको भनाई छ ।