काठमाडौँ । सशस्त्र प्रहरी बलले ठूलो संख्यामा कर्मचारी मागेको छ । एक सूचना जारी गर्दे सशस्त्र प्रहरीले जवान, भान्से, कुचीकार, सूचीकार, केशकर्तक र चर्मकर्मी पदका लागि जागिर खुलाएको हो ।
सशस्त्र प्रहरीले जारी गरेको सूचना अनुसार जवान पदमा ७ सय ८६ जनाको लागि दरखास्त आह्वान गरिएको छ ।
त्यस्तै, सशस्त्र प्रहरीले २६ जना भान्से, १० जना कुचीकार, १३ जना सूचीकार, १० जना केशकर्तक र १ जना चर्मकर्मी गरी कुल ८ सय ४६ जनाका लागि दरखास्त आह्वान गरेको छ । योग्यता पुगेका नेपाल नागरिकले सशस्त्र प्रहरीको उक्त जागिरका लागि असोज ५ गतेसम्म आवेदन दिन सक्नेछन् ।