काठमाडौँ । निजी विद्यालयले विद्यालयका बस सडकमा उतारेका छन् । आन्दोलनको दोश्रो दिन स्कुल बसमा कालो ब्यानर टाँसेर चक्रपद सडक परिक्रमा गरिएको हो ।
उनीहरुले आज बिहान ११ बजेबाट देशभरका विद्यालयहरूका सवारीसाधन कालो ब्यानर टाँसी विद्यालय नजिकैका चोकमा उतारेका थिए । साथै, प्रतिघण्टा २० किमीको गतिमा विस्तारै नगर परिक्रमा गर्ने उनीहरुले बताएका छन् ।
निजी विद्यालयको आन्दोलनका कारण सडक जाम भएको छ भने सर्वसाधारणलाई आवतजावतमा समस्या भईरहेको छ ।
विद्यालय शिक्षा विधेयकको प्रतिवेदनमा आफूहरुका माग समावेश नगरिएको भन्दै निजि विद्यालयका सञ्चालक तथा प्रिन्सिपलहरू भदौ ५ गतेदेखि आन्दोलन सुरु गरेका हुन् । बाँकी तस्विरमा हेर्नुहोस्: