×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बियर खानेहरु बढेसँगै बियर बनाउने बोतल र कच्चा पदार्थको आयात पनि बढ्यो, १ वर्षमै ४ करोड बढी बोतल भित्र्याइयो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

बियर खानेहरु बढेसँगै बियर बनाउने बोतल र कच्चा पदार्थको आयात पनि बढ्यो, १ वर्षमै ४ करोड बढी बोतल भित्र्याइयो

Artha Sarokar

८ भाद्र २०८२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बियर बनाउने बोतल र कच्चा पदार्थको आयात बढेको छ । नेपालका बियर उत्पादक तीन ठूला बियर उद्योगले कृष्णनगर नाका हुँदै दुई वर्षमा १ अर्ब ९७ करोड ६३ लाख २२ हजार रुपैयाँ बराबरको बियर बनाउने कच्चा पदार्थ माल्ट (फर्मेन्टेड जौ) आयात गरेका छन् ।

त्यही दुई वर्षमा बियर उत्पादक कम्पनीहरुले १ अर्ब ८७ करोड ४ लाख ८८ हजारको बियरको सिसाको बोतल आयात गरेका छन् ।

बियरका लागि बर्सेनि फर्मेन्टेड जौको आयात बढ्दै गएको कृष्णनगर भन्सार कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत लेखनाथ भट्टराईले बताएका छन् । आयात बढेसँगै जौ राजस्व संकलन हुने मालवस्तुमा चौथो नम्बरमा रहेको भट्टराईको भनाई छ । 

भट्टराईका अनुसार अघिल्लो आर्थिक वर्षमा नेपालमा ९६ करोड ६७ लाख ९९ हजार बराबरको १३ हजार २ सय २७ मेटन माल्ट आयात भएको थियो । त्यसबापत २९ करोड ५ लाख ४७ हजार भन्सार राजस्व संकलन भएको थियो । तर, गत आर्थिक वर्षमा भने अर्ब ९५ लाख २३ हजार बराबरको १४ हजार १ सय २३ टन माल्ट आयात भएको थियो  । त्यसबापत ३१ करोड ८३ लाख राजस्व संकलन भएको छ  । 

गत आर्थिक वर्षमा ९७ करोड २५ लाख ७५ हजार बराबरको ३ लाख ३४ हजार ४ सय ६३ ग्रुस बोतल आयात भएको छ  । एक ग्रुसमा १ सय ४४ बोतल हुन्छ  । त्यसबापत २१ करोड ४१ लाख ८१ हजार भन्सार राजस्व प्राप्त भएको छ  । अघिल्लो आर्थिक वर्षमा भने ८९ करोड ७९ लाख १३ हजार बराबरको ३ लाख १२ हजार २ सय २५ ग्रुस बोतल आयात भएको थियो  । त्यसबापत १९ करोड ७ लाख २३ हजार राजस्व प्राप्त भएको छ  ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी