काठमाडौँ । वैदेशिक रोजगारीका लागि युके पठाउने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. १४ घर भई हाल ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नं. २ बस्ने २९ वर्षीय बसन्त कार्की रहेका छन् ।
कार्की इडु सर्च नेपालका संचालक हुन् । उनले आकर्षक तलबको प्रलोभनमा पारेर ४३ लाख रकम ठगी गरेर फरार भएका थिए । प्रहरीका अनुसार उनले ८ जनाबाट उक्त रकम ठगी गरेका थिए ।
उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका वडा नं. १० बाट पक्राउ गरेको हो । हाल उनलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको छ ।