×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

११० देशसँग नेपालको वैदेशिक व्यापार, धेरैजसो मुलुकसँगको व्यापार घाटामा !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

११० देशसँग नेपालको वैदेशिक व्यापार, धेरैजसो मुलुकसँगको व्यापार घाटामा !

Artha Sarokar

८ भाद्र २०८२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपालले एक सय १० भन्दा धेरै देशसँग वैदेशिक व्यापार गरिरहँदा धेरैजसो मुलुकसँग घाटा व्यहोरेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा छिमेकी मुलुक भारत, चीनसहित धेरै मुलुकसँग नेपालले नाफाको व्यापार गर्न सकेन । ती मुलुकहरुसँग अबौँ व्यापार घाटा देखिएको छ ।  

गत महिना साउनमा भारतसँग ८३ अर्ब ५३ करोड ९९ लाख बराबरको आयात र १९ अर्ब ४५ करोड २० लाख बराबरको निर्यात हुँदा मुलुकले ६४ अर्ब आठ करोड ७८ लाख घाटा व्यहोरेको छ । 

त्यस्तै, चीनसँग २७ अर्ब ९९ करोड ६० लाख बराबरको आयात र पाँच करोड ४८ लाखको निर्यात गर्दा २७ अर्ब ९४ करोड १२ लाख बराबर व्यापार घाटा भएको छ । युएईसँगको व्यापारमा समेत नेपालले ठूलो नोक्सानी व्यहोर्दै आएको छ । युएईबाट नेपालले २० अर्ब ४० करोडको वस्तु आयात गर्दा २० करोड २६ लाख बराबरको वस्तु निर्यात गरेको देखिन्छ । जसबाट नेपालले १८ अर्ब ३८ करोड व्यापार नोक्सानी ब्यहोर्नुपरेको छ । 

थाइल्याण्डसँग पनि नेपालको वैदेशिक व्यापार घाटामा देखिएको छ । भन्सार विभागको तथ्यांक अनुसार थाइल्याण्डबाट नेपालले ११ अर्ब २२ करोडको वस्तु आयात गरेकोमा १५ करोडको मात्रै वस्तु निर्यात गरेको छ । थाइल्याण्डसँग नेपालको वैदेशिक व्यापार ११ अर्ब २० करोड भन्दा बढि देखिएको छ । अर्जेन्टिनासँग ९ अर्ब १२ करोड ९७ लाख बराबरको आयात र २४ लाखको मात्रै निर्यात गर्दा नेपालले ९ अर्ब १२ करोड बराबरकै व्यापार घाटा ब्यहोर्नुपरेको छ । त्यस्तै, अष्ट्रेलियासँग नेपालले ६७ करोड २८ लाखको आयात र १६ करोड ३७ लाख बराबरको निर्यात गर्दा कुल व्यापार नोक्सानी ५० करोड भन्दा बढिको ब्यहोर्नुपरेको छ । 

त्यस्तै, बंगलादेशसँग ५३ करोड ५८ लाख बराबरको आयात र सात करोड ५१ लाखको निर्यात गर्दा ४६ करोड ७  लाख बराबर व्यापार घाटा भएको छ । नेपालको वैदेशिक व्यापार बहराइनसँग समेत हुने गरेको छ । बहराइनबाट नेपालले १७ करोड ७७ लाख बराबरको वस्तु आयात गरेको छ भने निर्यात शुन्य रहँदा उक्त देशसँग व्यापार घाटामा देखिएको छ ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा एक खर्ब ६६ अर्ब ९७ करोड ३१ लाख बराबरको वैदेशिक व्यापार भएको छ । गत महिना साउनमा एक खर्ब ४३ अर्ब चार करोड बराबरको आयात र २३ अर्ब ९३ करोड २४ लाख बराबरको निर्यात भएको तथ्यांकले देखाउँछ । यो अवधिमा देशलाई एक खर्ब १९ अर्ब १० करोडबराबर व्यापार घाटा भएको छ । गत आर्थिक वर्षको पहिलो महिनाको वैदेशिक व्यापारको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा आयात ११.४२ र निर्यात ९५.७५ प्रतिशतले बढेको छ । जर्मनी, अफगानिस्तानी, संयुक्त राज्य अमेरिका, रूस, बेल्जियम, नर्वे लगायत मुलुकसँग समीक्षा अवधिमा व्यापार नाफा भएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी