काठमाडौँ । दशैँलाई लक्षित गर्दै असोज पहिलो सातादेखि अग्रिम टिकट बुकिङ खुला गरिने भएको छ । दशैँमा गाउँ फर्किनेहरुका लागि असोज पहिलो सातादेखि नै अग्रिम टिकट बुकिङ खुला गरिने भएको हो ।
दशैँका बेला उपत्यका छोड्नेहरु धेरै हुँदा यात्रुहरुको भीड पनि अत्याधिक हुने भएपछि सरकारले यसवर्ष असोज पहिलो सातादेखि नै अग्रिम टिकट बुकिङ खोल्ने तयारी गरेको हो ।
अग्रिम टिकट बुकिङ खुला गर्नेबारे यातायात व्यवसायी र सरकारसँग आवश्यक छलफल भइरहेको छ । यद्यपि असोज पहिलो सातादेखि नै अग्रिम टिकट बुकिङ खुला गर्ने तयारी रहेको राष्ट्रिय यातायात व्यवसायी महासंघले जनाएको छ ।
यसवर्ष विजयादशमी असोज १६ गते परेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्