×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दशैँका लागि असोज पहिलो सातादेखि अग्रिम टिकट बुकिङ खुल्ने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

दशैँका लागि असोज पहिलो सातादेखि अग्रिम टिकट बुकिङ खुल्ने !

Artha Sarokar

८ भाद्र २०८२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । दशैँलाई लक्षित गर्दै असोज पहिलो सातादेखि अग्रिम टिकट बुकिङ खुला गरिने भएको छ । दशैँमा गाउँ फर्किनेहरुका लागि असोज पहिलो सातादेखि नै अग्रिम टिकट बुकिङ खुला गरिने भएको हो ।

दशैँका बेला उपत्यका छोड्नेहरु धेरै हुँदा यात्रुहरुको भीड पनि अत्याधिक हुने भएपछि सरकारले यसवर्ष असोज पहिलो सातादेखि नै अग्रिम टिकट बुकिङ खोल्ने तयारी गरेको हो । 

अग्रिम टिकट बुकिङ खुला गर्नेबारे यातायात व्यवसायी र सरकारसँग आवश्यक छलफल भइरहेको छ । यद्यपि असोज पहिलो सातादेखि नै अग्रिम टिकट बुकिङ खुला गर्ने तयारी रहेको राष्ट्रिय यातायात व्यवसायी महासंघले जनाएको छ । 

यसवर्ष विजयादशमी असोज १६ गते परेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी