×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भ्रष्टाचार आरोपी पौडेललाई धरौटीमा छोड्न अदालतको आदेश

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

भ्रष्टाचार आरोपी पौडेललाई धरौटीमा छोड्न अदालतको आदेश

Artha Sarokar

८ भाद्र २०८२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । भ्रष्टाचार आरोपी सुनिल पौडेललाई धरौटीमा छोड्न अदालतले आदेश दिएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेललाई एक लाख रुपैयाँ धरौटीमा छोड्न विशेष अदालतले आदेश दिएको हो ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरु मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले पौडेललाई एक लाख धरौटीमा छोड्न आदेश दिएको हो । 

पौडेलमाथि केन्द्रमा हुँदा करिब १६ करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोप लागेको छ । विशेष अदालतले एक लाख धरौटीमा मागे पनि उनीविरुद्ध अन्य भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश जारी भएकाले उनी थुनामुक्त हुने छैनन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी