काठमाडौँ । नेपाल धितोपत्र बोर्डले अन्तिम १५ मिनेटको भारित औषत मूल्यबारे अध्ययन सुरु गरेको छ । सेयर लगानीकर्ताको चौतर्फी विरोध र दबाबपछि बोर्डले १५ मिनेटको व्यवस्थाबारे अध्ययन थालेको हो ।
सेयर लगानीकर्ताले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) पनि १५ मिनेटको व्यवस्था खारेज गर्न माग गर्दै धितोपत्र बोर्डमा समेत निवेदन दिएका थिए ।
निवेदनमा १५ मिनेटको व्यवस्था अवैज्ञानिक भएको र यसले समग्र पूँजी बजारको विकास र स्थायित्वलाई नै प्रभाव पारेको दाबी गरिएको छ । १५ मिनेटको व्यवस्थाकै कारण बजार प्राकृतिक रुपमा बढ्न नसकेको भन्दै लगानीकर्ताले उक्त व्यवस्था खारेजीको माग गरेका छन् ।
चौतर्फी रुपमा १५ मिनेटको व्यवस्थाको विरोध हुन थालेपछी र लगानीकर्ताले दबाब दिन थालेपछी बोर्डले सो विषयमा अध्ययन सुरु गरेको हो । तर, व्यवस्था नै खारेजीको सम्भावना कम रहेको बोर्डका एक अधिकारीले बताएका छन् । यद्यपि अध्ययनपछि के हुन्छ ? भन्ने टुंगो लाग्ने ती अधिकारीले बताएका छन् ।