×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्रोत नखुलेको लाखौं रुपैँयासहित दुई महिला पक्राउ, घाँस काट्ने निहुँमा पसेका थिए नेपाल…

GLOBAL IME BANK

स्रोत नखुलेको लाखौं रुपैँयासहित दुई महिला पक्राउ, घाँस काट्ने निहुँमा पसेका थिए नेपाल…

४ भाद्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
रौतहट । स्रोत नखुलेको लाखौं रुपैँयासहित दुई भारतीय महिला पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा गौर नगरपालिका वडा नं. ३ महादेवपट्टीस्थित दशगजा क्षेत्रमा घाँस काट्न भनि आएका ती महिलाको साथबाट स्रोत नखुलेको छ लाख ४० हजार बुधबार बरामद भएको रौतहट प्रहरी उपरीक्षक रविराज खड्काले बताए ।
रकमसहित पक्राउ पर्नेमा भारतको विहार राज्य, सितामढी बैरगनिया ग्राम पञ्चायत वडा नं १ सिन्दुरीयाका समान उमेरका ४५ वर्षीया शान्ति देवी र सोही ठाउँ बस्ने मिना देवी पक्राउ छन् । अस्थायी प्रहरी पोष्ट महादेवपट्टीबाट प्रहरी सहायक निरीक्षक मनोजकुमार सिंहको कमाण्डमा खटिएको प्रहरी टोलीले ती महिला प्लाष्टिकको झोला चेक गर्दा श्रोत नखुलेको सो रकम फेला पारेको तथा उनीहरुमाथि आवश्यक अनुसन्धान शुरु गरिएको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: