काठमाडौँ । प्रधानमन्त्री हुँदा पुष्पकमल दाहाल (प्रचण्ड)ले भारतबाट ल्याएको मुर्रा राँगामध्ये एउटा मरेको छ । उपहारस्वरुप भारतले नेपाललाई दिएको १५ वटा राँगामध्ये एउटा मरेको हो ।
पोखरास्थित राष्ट्रिय प्रजनन कार्यालयमा राखिएका सातवटा राँगामध्ये एउटा मरेको हो । उक्त राँगा साउन ३० गते नै मरेको कार्यालयका वरिष्ठ पशु अधिकृत तथा सूचना अधिकारी डा. महेन्द्र मल्लले जानकारी दिएका छन् ।
मृत्युपश्चात उक्त राँगाको पोस्टमार्टमसमेत गरिएको थियो । पोस्टमार्टम रिपोर्टमा उक्त राँगाको भ्यागुते रोगका कारण मृत्यु भएको पुष्टि भएको छ । अरु राँगा भने स्वस्थ रहेको कार्यालयले जनाएको छ ।
पूर्वप्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका बेलामा भारतले १५ वटा मुर्रा राँगा उपहार दिने घोषणा गरेको थियो । जसमध्ये सातवटा पोखरा, ५ वटा लहान र ३ वटा बाँकेमा राखिएको छ । राँगा मरेको खबर कृषि मन्त्री रामनाथ अधिकारीले दुःखी हुँदै मन्त्रिपरिषद् बैठकमा सुनाएका थिए ।