×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कवाड व्यवसायीको आन्दोलन, बालेनविरुद्द चर्को नाराबाजी (तस्विरहरू)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

कवाड व्यवसायीको आन्दोलन, बालेनविरुद्द चर्को नाराबाजी (तस्विरहरू)

Artha Sarokar

११ भाद्र २०८२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कवाड व्यवसायीले आन्दोलन जारी राखेका छन् । काठमाडौं महानगरपालिकाको ज्यादतीविरुद्ध कवाड व्यवसायीले बुधबार तेस्रो दिन पनि आन्दोलन जारी राखेका हुन् ।

भृकुटीमण्डपबाट शुरु भएको कवाड व्यवसायीको र्‍याली कमलादीस्थित काठमाडौं महानगरपालिका पुगेको थियो । प्रदर्शनमा करिब २ हजारको सहभागिता रहेको बताइएको छ । प्रदर्शनमा सहभागी धेरैले राष्ट्रिय झण्डा बोकेका छन् ।

कवाड व्यवसायीहरु महानगरपालिका कार्यालयको सडक अगाडी सडकमै ब्यानर बिछ्याएर धर्नामा बसेका छन् ।

सर्वोच्च अदालतको आदेश विपरित काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले कवाड व्यवसायीमाथि ज्यादती गरिरहेको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।
सर्वोच्चको आदेश पालना गर्नुपर्ने र कवाड व्यवसायीलाई शान्तिपूर्ण वातावरणमा व्यवसाय गर्न दिनुपर्ने उनीहरुको माग छ ।

आन्दोलनमा सहभागिहरुले ‘सर्वोच्च अदालतको आदेश पालना गर’, ‘कबाड व्यवसायीमाथिको अत्याचार बन्द गर’, ‘बालेनको गुण्डागर्दी एवं तोडफोड बन्द गर’, ‘बालेन तेरो पाराले दुख पायो सारा’ले लगायतका नारा लगाएका छन् ।

उनीहरुले आफूहरुको माग पूरा नभएसम्म आन्दोलन जारी रहने जनाएका छन् । बाँकी तस्विरमा हेर्नुहोस्:

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी