×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आईसिएफसि फाइनान्सले ५० करोड बराबरको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

आईसिएफसि फाइनान्सले ५० करोड बराबरको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल नियुक्त

Artha Sarokar

१२ भाद्र २०८२, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । आईसिएफसि फाइनान्स लिमिटेडले ऋणपत्र निष्काशन गर्ने भएको छ । फाइनान्सले ५० करोड रुपैयाँ बराबरको ‘८% आईसिएफसि फाइनान्स लिमिटेड डिबेञ्चर-२०८९’ नामक ऋणपत्र निष्काशन गर्ने भएको हो ।

कम्पनीले ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमकाबीच  दुई पक्षले समझदारी गरेका हुन् । उक्त सम्झौतापत्रमा आईसिएफसि फाइनान्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पन्त र कुमारी क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृतपुष्प शर्माले हस्ताक्षर गरेका हुन् ।

नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय लगायतका सम्पूर्ण नियामक निकायको स्वीकृति पश्चात् ऋणपत्र निष्काशन गरिने कम्पनीले जनाएको छ ।
यस कम्पनीले २१ शाखा कार्यलयहरु र १८ वटा एटिएमबाट आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी