×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘यो भन्दा अर्को स्थिर शक्तिशाली सरकार बन्नै सक्दैन’- अर्थमन्त्री

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

‘यो भन्दा अर्को स्थिर शक्तिशाली सरकार बन्नै सक्दैन’- अर्थमन्त्री

Artha Sarokar

१२ भाद्र २०८२, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले २०८४ सम्म वर्तमान सरकार भन्दा अर्को स्थिर शक्तिशाली सरकार बन्न नसक्ने बताएका छन् । काठमाडौँमा बिहीवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार एमाले र नेपाली काँग्रेस मिलेर बनेको शक्तिशाली सरकार भएकाले २०८४ सम्म अर्को सरकारको परिकल्पना नै गर्न नसकिने बताएका हुन् ।

उनका अनुसार वर्तमान सरकारले बजेट विनियोजनदेखि प्राथमिकतामा देखिएको विकृतिलाई निर्मम रुपमा सुधारेको छ । मुलुकमा अहिले स्थिर सरकार भएकै कारण कानूनी सुधार गरिएको र लगानीकर्तामा समेत मनोबल बढेको पौडेलको भनाइ छ । 

उनले सरकारले योजना बनाउँदा प्राथमिकतालाई आधार मान्ने बताएका छन् । योजना आयोगले योजना बनाइदिएपछि त्यो योजना ठिकठाक हुन्छ भन्ने ठान्न नहुने अर्थमन्त्रीको भनाई छ । उनले योजना निर्माण गर्दा प्राथमिकतामा आधारित छ वा छैन त्यसमा ख्याल गर्नुपर्ने बताएका छन् ।

त्यस्तै, अहिले योजना निर्माण र विनियोजनमा गम्भीर समस्या समेत रहेको बताएका छन् । त्यो समस्याबाट बाहिर निस्कनका लागि प्रयास भइरहेको भन्दै अर्थमन्त्री पौडेलले चालु आर्थिक वर्षको बजेट ल्याउँदा योजना बैंकबाट बाहिर रहेर बजेट नल्याइएको दाबी गरेका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी